आजबाट विजुलीको महशुल घट्यो, मिटर रिडिङ भएको ७ दिनभित्र बुझाउँदा २ प्रतिशत छुट


काठमाडौं । गत कात्तिक १० गते विद्युत नियमन आयोगले गरेको निर्णय अनुसार आज (बुधबार)देखि विजुलीमा नयाँ महशुल लागू भएको छ । नयाँ व्यवस्थाअनुसार धेरैजसो उपभोक्ताको शूल्क घटाइएको छ ।

नेपाल विद्युत प्राधिकरणले पनि आजबाट नयाँ महशुल दरअनुसार बिलिङ गर्नेछ । आजबाट मासिक २० युनिटभन्दा कम विद्युत खपत गर्ने १९ लाख ८६ हजार विपन्न वर्गका उपभोक्ताहरुले निःशुल्क विजुली बाल्न पाउने छन् ।

उनीहरुले इनर्जी शुल्कका रुपमा मासिक ३० रुपैयाँ शुल्क तिरे पुग्ने बताइएको छ । त्यस्तै अब सिंगल फेज तथा थ्रीफेजबाट विद्युत् खपत गर्ने उपभोक्ताहरुले आफ्नो मिटरको क्षमता निःशुल्क रुपमा बढाउन पाउनेछन् ।

अब सिंगल फेज प्रयोगकर्ताको न्यूनतम शुल्क २५ रुपैयाँ घट्नेछ । त्यस्ता उपभोक्ताका लागि इनर्जी शुल्क पनि अब कम लाग्ने बताइएको छ ।

सिंगल फेजबाट मासिक १ सय ५१ देखि २ सय ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले इनर्जी शुल्क प्रतियुनिट ९ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ, भने सिंगल फेजमार्फत मासिक ४ सय युनिटभन्दा माथि खपत गर्ने उपभोक्ताले यस्तो शुल्क प्रतियुनिट ११ रुपैयाँ तिर्नुपर्नेछ ।

त्यस्तै अब उपभोक्ताहरुले मिटर रिडिङ भएको ७ दिनभित्र महसुल बुझाउँदा २ प्रतिशत छुट पाउने भएका छन् । यता सरकारी अस्पताल तथा स्वास्थ्यचौकीहरुले भने बिलिङ भएको २१ दिनभित्र महशुल तिर्दा कुल बिल रकममा २० प्रतिशत छुट पाउनेछन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment