प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । राईलाई बहुमत प्रदेश सभा सदस्यले मत दिएका छन्। उनको पक्षमा ५० मत आएको छ भने विपक्षमा २९ मत खसेको छ।

प्रदेश सभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल गरेका थिए ।

राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उहाले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरेर सुनाउनु भएको थियो ।

९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि मुख्य मंत्री राइको पक्षमा ५० मत खसेको छ । पाँचदलीय सत्ता गठबन्धनसँग ५० जना सांसद् छन् ।

प्रतिपक्षी एमालेसँग ४१ र राप्रपासँग एक सांसद छन् । विश्वासको मत पाइसकेपछि मुख्य मन्त्री राइले एक हप्ता भित्र प्रदेशमा मन्त्री परिषद्लाई पुर्णता दिने बताउनुभएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment