चीनद्वारा मानिसहरूलाई आपतकालीन सामान भण्डारण गर्न आग्रह


एजेन्सी । चीनले मानिसहरूलाई आपतकालिन तयारीका लागि अत्यावश्यक वस्तुहरू भण्डारण गर्न आग्रह गरेको छ। देशको वाणिज्य मन्त्रालयले जारी गरेको सूचनामा कुनै कारण भने दिइएको छैन ।

तर यसको कारण कोरोना लकडाउन र भारी वर्षाका कारण बाली नोक्सानी भएको अनुमान गरिएको छ । मन्त्रालयले उचित आपूर्ति र मूल्य स्थिरता सुनिश्चित गर्न अधिकारीहरूलाई पनि आग्रह गरेको छ।

यो सूचनापछि कतिपय ठाउँबाट आतंकित पार्ने खालकाे किनबेचको खबर आएपछि सरकारी मिडियाले स्थितिलाई सम्हाल्ने प्रयास गरेका थिए ।

चिनियाँ सामाजिक सञ्जाल साइट वेइबोमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो खबर बाहिर आउने बित्तिकै मेरो वरपरका सबै बुढाबुढी आतंकित भएका थिए। सुपरमार्केटमा किनमेल गर्नेहरूको भीड थियो।’

चिनियाँ कम्युनिष्ट पार्टीको अखबार द इकोनोमिक डेलीले आफ्ना पाठकहरूलाई नआत्तिन सल्लाह दिएको छ, किनभने सरकारले लकडाउनको अवस्थामा जनतासँग पर्याप्त सामान हुनुपर्छ भनेर मात्र भनेको छ।

पार्टीको मुखपत्र ‘द पिपुल्स डेली’का अनुसार यस्ता सूचना प्रायः जारी नहुने तरकारीको मूल्य बढेको र कोभिडको सन्दर्भमा भएको उछालका कारण यस्तो गर्नुपरेको हो ।

चीनमा सामान्यतया हिउँदमा खाद्यवस्तुको भाउ बढ्ने भए पनि यसपटक भारी वर्षाका कारण तरकारीको भाउमा भारी उछाल आएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment