मुलुकभर थप २९९ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु


काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १५१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ८६३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ७२ जना र ३ हजार २८८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६० जना कोरोनामुक्त भए, ६ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९९ हजार १७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार १५१ जनाको परीक्षण हुँदा हालसम्म कुल ५२ लाख ४६ हजार ०९० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment