झापा : यात्रुबाहक बस दुर्घटना हुँदा १ को मृत्यु, २३ जना घाइते


झापा । झापामा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईका अनुसार कन्काई नगरपालिका ८ स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत विरिङ पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नं को बस दुर्घटनामा परेको हो ।

आइतबार (आज) मध्यान्ह साढे १२ बजे बसको पत्ती भाँचिएर अनियन्त्रित भइ उत्तर तर्फको रेलिङमा ठोक्किदा दुर्घटना भएको एसपी भट्टराईले जानकारी दिए । दुर्घट्नामा परी अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा विर्ता सिटी अस्पताल विर्तामोडमा उनको मृत्यु भएको हो ।

मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीको भनाइ छ । यस्तै घाइतेमध्ये ११ जनाको बी एण्ड सी अस्पताल र ९ जनाको विर्ता सिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बस चालक सुनसरीको बराहा नगरपालिका–३ का बाबुराम कार्कीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । अहिले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment