नेपाली काँग्रेस पाँचथर सभापतिमा रुपनारायण जवेगु



काठमाडौं । नेपाली काँग्रेस पाँचथर जिल्ला सभापतिमा रुपनारायण जवेगु निर्वाचित हुनुभएको छ । मंगलबार भएको मत गणनामा उहाँलाई गणना नसकिँदै विजयी घोषणा गरिएको हो ।

पाँचथर जिल्ला अधिवेशनमा १०७७ मत खसेको थियो । जसमा ९७७ मत गणना हुँदा सभापतिका उम्मेदवार जवेगुले ५७४ मत प्राप्त गर्नुभएपछि उहाँलाई विजयी घोषणा गरिएको थियो ।

जवेगुका प्रतिद्वान्द्वी सुरेन्द्र कुमार दाहालले १०० मत गणना गर्न बाँकी रहँदा ३७७ मत पाउनु भएको थियो । उक्त सबै मत दाहालको पक्षमा आएपनि जितका लागि पर्याप्त छैन ।

नेपाली काँग्रेस पाँचथरको नयाँ कार्यसमितिका लागि सोमबार निर्वाचन भएको थियो । त्यस्तैगरी अन्य पदका लागि भएको निर्वाचनको पनि मत परिणाम आउनेक्रम जारी रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment