सहारा नेपाल साकोस इलामद्वारा कोभिड सहायता रकम हस्तान्तरण तथा कर्जा मिनाहा


इलाम, ८ मंसिरः   सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र  इलामले  इलाम न.पा गडिस्थित समूह सदस्य बुद्धमाया सोङमि, लालिगुरास टोल स्थित गुना कुमारी चौहान,कुलधारा स्थित राधिका राई लाई कोभिड सहायता रकम जनहि रु ७०००का दरले आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । 

त्यस्तै सोही कार्यक्रममा गत श्रावणमा कोरोना संक्रमणका कारण दिव∙त हुनुभएकि समूह नं. ०५० कि सदस्य स्व. कल्पना रिमाल प्रति भावपूर्ण श्रद्धासुमन प्रकट गर्दे निजले संस्थाबाट लिएको रु.५०,००० कर्जा समेत मिनाहा गरि निजकै छोरी स्मृती राईलाई चेक हस्तान्तरण गरिएको  थियो ।

समूह नं०४७ कि सदस्य दुर्गादेवी ढकाल लाई प्रसुती स्याहार वापत को रु २००० सुविधा रकम हस्तान्तरण गरिएको सेवा केन्द्र प्रमुख के.पी. लुईटेलले बताए ।


साकोसले संस्थामा आबद्ध सदस्यहरुमा गत ०७६ श्रावण देखि कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत कर्जा लिएर किस्ता तिर्ने क्रममा स्वयं सदस्य वा पतिको निधन भएमा सम्पूर्ण कर्जा मिनाहा गर्ने कार्यक्रम,सदस्य प्रसुती भएमा,हातखुट्टा भाचिएमा,घर आगलागि भएमा,सर्पदंश वा कुकुर तथा विषालु जंगली जनावरको टोकाई बाट उपचार गर्नुपरेमा ,घातक रोग लागि उपचार गर्नुपर्दा वा अप्रेशन गर्नुपर्दा समेत विभिन्न प्रकृतीका सुविधाहरु उपलब्ध गराउदै आएकोमा इलाम सेवाकेन्द्रको तर्फबाट गतमा रु३०००मूल्य बराबरका पोषण सामग्री हालसम्म ३५ जना भन्दा माथी सदस्यलाई वितरण गरिसकिएको छ । 

संस्थाको कार्यक्षेत्र मध्ये इलाम अनुगमन कार्यलय अन्तर्गत रहेका विभिन्न नौ वटा सेवा केन्द्रबाट सञ्चालित विभिन्न समूहमा आबद्ध तथा व्यक्तिगत सदस्यहरुलाई उक्त कोभिड सहायता रकम वितरण गरिदै आएको छ । गतमा कोरोना संक्रमणका वखतमा स्थानीय निकाय इलाम नगरपालिका सग समेत समन्वय गरिएको बताउदै  संस्थाको केन्द्रिय कार्यलय झापाको चारपानेमा स्थापित अक्सिजन बैँकबाट हाललाई झापा जिल्लाभर आफ्ना सदस्यहरुलाई अक्सिजन आवश्यक परेमा सेवा केन्द्रको सिफारिसमा बिना धरौटी रिफिल वापतको सामान्य शुल्क लिएर उपलब्ध गराउन थालिसिकएको समेत इलाम अनुगमन कार्यालय अनुगमन अधिकृत तोयानाथ आचार्य बताउनुहुन्छ ।

कोरोना संक्रमणको दोश्रो भेरियन्टबाट संक्रमित भएका आफना शेयर सदस्यहरुका घरघर सम्म पुगेर उनीहरुको तत्कालिन स्वास्थ्य अवस्था बुझ्नुका साथै विरामिको मनोबल उच्च बनाउने कार्यमा अग्रसर भएको थियो । 

आफना सदस्यहरुलाई सेवाकेन्द्रमा कार्यरत कर्मचारीहरु बलराम दाहाल, सम्झना गुरु∙ तथा सरस्वती कार्किले घरघरमा नै गएर पनि मास्क वितरण गरेको थियो । त्यस्तै मह,काजु,किसमिस,औषधि लगायतका पौष्टिक आहार निशुल्क हस्तान्तरण  पनि गरेको थियो । 

साकोसले संन्क्रमित सदस्यहरुलाई हाल थप पौष्टिक आहार सेवन गर्नका लागि नगद रकम समूहका तिन जना सदस्यहरुलाई हस्तान्तरण गरेको छ ।

सो कार्यले सुविधा प्राप्त गर्ने सदस्यअरुले संस्थाले उक्त संक्रमणका बखत घरमा नै पुगेर दिएको हौसला र थप सुस्वास्थ्यको कामना गर्दे उपलब्ध गराएको कोभिड सहायता सुविधा रकमले अत्यनतै खुशी तुल्याएको प्रतिक्रिया दिएका थिए ।

सेवा केन्द्र इलामको कार्यालयमा इलाम नगरपालिका सहकारी प्रशासन शाखाका शाखा अधिकृत कमल वहादुर भण्डारीको प्रमुख आतिथ्यता र गोलवस्ती सहारा महिला समूहकी अध्यक्ष उर्मिला वेघाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ इलामका कार्यकारी सचिव नविन लामिछाने, पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई तथा सहारा नेपाल साकोस लि.इलाम अनुगमन अधिकृत तोयानाथ आचार्यको विशेष आतिथ्यता रहेको थियो उक्त कार्यक्रममा  अतिथि तथा प्रमुख अतिथिज्यूहरुले संस्थाले आफना सदस्यहरुलाई पुèयाउदै आएका यस्ता सेवाहरु उदाहरणिय र स्वागतयोग्य रहेको भन्दै संस्थाको लक्ष्य उद्धेश्य प्राप्तिमा आफ्नो क्षेत्रबाट गर्न सक्ने मद्धत गर्न सदा तयार र सकारात्मक रहेको विचार समेत व्यक्त गर्नुभएको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment