सल्यानमा बस दुर्घटना, कम्तीमा १२ जनाको मृत्यु !

दाङ । सल्यानबाट दाङको तुलसीपुरतिर आउँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको जानकारी दिएको हाे।

साथै थुप्रै घाइते रहेकाे र उनीहरुलाई उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको बताइएकाे छ । भर्खरै विस्तार गरिएको सडकमा तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको छ।

सल्यान खलंगादेखि दाङको तुलसीपुर आउँदै गर्दा रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा ५ जनाको घटनास्थलमै र  अन्यकाे उपचारका लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा करिब ३० जना सवार रहेका  थिए र  सडकबाट २०० मिटर तल  खसेकाे थियाे ।  मृतकको सनाखत हुन सकेको छैन र विस्तृत विवरण पनि अाउन बाँकी छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment