मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

 

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परि सुन्दरीजलमा एक पुरुषको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा बा ९० प ४५६ नम्बरको मोटरसाइकल आइतबार गएराति दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि उक्त मोटरसाइकलाका चालक स्वछन्द पुडासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

उनले चलाएको मोटरसाइकल अन्यन्त्रित भइ सडक छेउको पीपलको रुखमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment