नवराज शंकरको ‘दलित आन्दोलन र अनुभूतिहरू’ लोकार्पण


दलित अधिकारकर्मी स्वर्गीय नवराज शंकरद्वारा लिखित ‘दलित आन्दोलन र अनुभूतिहरू’ बिहीबार लोकार्पण गरिएको छ ।  कोभिडबाट ज्यान गुमाएका लेखक शंकरको उक्त पुस्तक उनको मरणोपरान्त लोकार्पण गरिएको हो ।

इलाम नगरपालिका दलित समन्वय समितिले प्रकाशन गरेको कृतिको एमाले नेता सुवासचन्द्र नेम्वाङले लोकार्पण गरेका हुन् । पुस्तकको लोकार्पण गर्दै नेम्वाङले विभेद र छुवाछुत अन्त्यको लागि संविधानमानै व्यवस्था भइसकेकाले त्यसलाई कानुन बनाएर व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

‘विभेद र छुवाछुत हाम्रो समाजको कालो धब्बा हो’, नेम्वाङले भने, ‘संविधानले गरेको छुवाछुत विभेदमुक्त कल्पनालाई व्यवहारमा उतार्नुपर्छ ।’ 

विभिन्न कमीकमजोरीका बाबजुद नेपाली समाज अहिलेको अवस्थामा आइपुगेको सम्झना गर्दै नेम्वाङले  छुवाछुतलाई दण्डनीय व्यवस्था र विभेद भएमा क्षतिपूर्ति माग गर्न पाइने अधिकार संविधानमा राखिएको बताए ।

स्वर्गीय नवराज शंकरले लेखेको कृतिको साहित्यकार मुनाराज शर्माले समीक्षा गरेका थिए । उनले यो पुस्तक दलित आन्दोलन र अधिकार स्थापनाकोका लागि प्रेरणाको श्रोत भएको बताएका छन् । कार्यक्रमबीच ‘नवराज शंकर प्रतिष्ठान’ को समेत शुभारम्भ गरिएको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment