प्रेस सेन्टर इलामको अध्यक्षमा सोङ्मी

 प्रेस सेन्टर इलामको अध्यक्षमा सोङ्मी

इलाम : प्रेस सेन्टर नेपाल इलामको अध्यक्षमा बुद्धमाया सोङ्मी निर्वाचित भएका छन् । विहीबार इलाम सदरमुकाममा सम्पन्न सेन्टरको पाँचौ जिल्ला सम्मेलनले सोङ्मीलाई अध्यक्षमा निर्वाचित गरेको हो । यसअघि उनी प्रेस संगठनको उपाध्यक्ष थिइन् । समितिको उपाध्यक्षमा सरिता राई र लिला सुब्बा निर्वाचित भएका छन् ।

समितिको सचिवमा दोश्रो कार्यकालको लागि नमिन ढकाल निर्वाचित भएका छन् । सहसचिवमा स्मीता देवान र किरण राई तथा कोषाध्यक्षमा रोशन काफ्ले निर्वाचित भएका छन् । सदस्यहरुमा गंगा पराजुली, गोपाल गिरी, तेजबहादुर घिमिरे, धमप्रसाद जवेगू, दलबहादुर लिम्बू, नविन फागो र अंकित बराईली निर्वाचित भएका छन् ।

प्रेस सेन्टर जिल्ला सम्मेलन आयोजक समितिका संयोजक राजेश पराजुलीको अध्यक्षता र नेकपा (माओवादी केन्द्र) प्रदेश समिति सदस्य एवम् इलाम सह–इन्चार्ज टीका घिमिरेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा माओवादी केन्द्र इलामका संयोजक सोममाया राई (सिन्धु), सचिव विजय खम्बू, प्रेस सेन्टर केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य मिलन लिम्बू, लक्ष्मी मिश्र, नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष राम योङहाङले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी प्रेस युनियनकी कार्यबाहक अध्यक्ष सविता पाण्डे, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष उमाकान्त भट्टराई, प्रेस चौतारीका प्रतिनिधि रमेश पराजुली, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य सोम शर्मा, पत्रकार किरण पौड्याल लगायतले समेत शुभकामना मन्तव्य राखेका थिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment