आजको राशिफल : कात्तिक १६ गते, मंगलबार

आज मिति २० ७८ साल कात्तिक १६ गते मंगलबार । इश्वी सन २०२१ नोभेम्वर २ । शकसंवत् १९४३ । नेपाल सम्वत ११४१ कौलागा । राक्षस दक्षिणयान शरद । मंगलवार कात्तिक कृष्णपक्ष । तिथि द्वादशी, ८:३४ बजे उप्रँन्त त्रयोदशी । नक्षत्र उत्तरफाल्गुनी । ९:५८ बजे उप्रान्त हस्त । योग वैधृति १७४४ बजे उप्रान्त विष्कम्भ । करण तैतल ८:३४ बजेदेखि गर १९:५७ बजे उप्रान्त चतुष्पद । चन्द्रराशि कन्या । आनन्दादि योग धाता । दिनमान २७:३४ । सुर्योदय ६”१६ सुर्योस्त १७:१७ । त्रिपुष्कर ८:३४ प । प्रदेषव्रत , यमदीपदान, धनतेरस, धनत्रयोदशी , धन्वन्तरी जयन्ती ।

मेष : कार्य सफलता तथा आर्थिक उन्नति प्राप्त हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । प्रेम प्रेमिका विचविवाद उत्पन्न हुनेछ।

वृष : अध्ययन अध्यापनमा सफलता मिल्नेछ । पेटसम्बन्धी समस्या आउनेछ । रोकिएको धन प्राप्त हुनेछ । राजनैतिक नियुक्ति हुनेछ ।

मिथुन : आफन्तको सहयोगद्वारा रोकिएका कार्य सम्पादन हुनेछन् । मनोरञ्जनका साथ दिन वित्ने छ अध्ययन गर्ने रुचि कम हुनेछ ।

कर्कट : आर्थिक समस्याको कारण मित्रजन संग सम्बन्ध विग्रन सक्नेछ । बोल्दा निकै संयमित हुनुहोला । विवाद हुने देखिन्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ ।

सिंह : रोकिएका आर्थिक कार्य बन्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ । प्रतिष्ठित व्यक्तिहरूको साथ पाइनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।

कन्या : अध्ययन गर्ने रुचि कम हुनेछ । मित्रजन देखि आर्थिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यले साथ दिनेछ ।

तुला : स्वास्थ्यका कारणले महत्वपूर्ण कार्य रोकिनेछ। प्रेम प्रस्ताव आउनाले दिन द्विविधा युक्त वित्नेछ । हनुमान चालिसा पाठ गर्नु शुभ हुनेछ।

बृश्चिक : मित्रजन देखि धोका पाइनेछ । आयआर्जन गर्ने सुअवसर प्राप्त हुनेछ । प्रेम प्रेमिकाविच विवाद मिल्नेछ । समग्रमा दिन शुभनै बित्नेछ ।

धनु : आर्थिक क्षेत्रमा व्यापक सुधार आउनेछ । रोकिएका काममा सुधार आउनेछ । मध्यान्हपछि ढाड सम्बधी समास्या आउनेछ।

मकर : झुटो आरोप आउनेछ । बोल्दा निकै विचार गर्नुपर्छ । यात्रा गर्ने तथा अध्ययनमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

कुम्भ : आर्थिक लेनदेन गर्दा निकै विचार गर्नु पर्नेहुन्छ । महत्वपूर्ण भेटघाट हुनाले नयाँ सोचविचारको साथ कार्य गर्ने हिम्मत आउनेछ ।

मीन : मनमा उत्साह थपिनेछ । प्रेमप्रस्ताव आउनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ भने महत्वपूर्ण सामग्री हराउने देखिन्छ प्रेमिकाद्वारा धोका पाइनेछ । बोल्दा विचार गर्नु होला ।

अर्जुनप्रसाद न्यौपानेबाट

सम्पर्क : ९८४१७९६७८८

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment