बँदेलसँग जुधेर सीता एयरको जहाज दुर्घटना

काठमाडौं। सिमिकोट उड्न लागेको सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किँदा दुर्घटनामा परेको छ ।

मंगलबार बिहान उड्नका लागि धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा मानविय क्षति भने भएको छैन ।

१४ जना यात्रु बोकेर सिमकोट उड्न लागेको जहाजको रन वेमा एक्कासी बँदेल पनि दगुरेको थियो ।

जहाजमा रहेको सबै यात्रु तथ चालक दलका सदस्यहरु सकुसल रहेको नेपालगञ्ज विमानस्थलले जनाएको छ । जहाजको

अगाडिको टायर भन्दा माथिल्लो भागमा भागमा प्वाल परेको विमानस्थल स्रोतले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment