श्रीलंकामा बाढीपहिरोमा परेर १६ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा एक हप्तादेखि भएको भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर १६ जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण पाँच हजारभन्दा धेरै मानिस विस्थापित भएको त्यहाँको विपद् प्रवर्द्धन केन्द्रले जनाएको छ ।

विस्थापितलाई राहत शिविरमा राखिएको छ । उनीहरुलाई सरकारले खानपानको व्यवस्था मिलाएको छ । अधिकांशको मृत्यु डुबान र चट्याङबाट भएको केन्द्रले जनाएको छ ।

एक जना बेपत्ता भएको खबर पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छापिएका छन् । सामान्यतया श्रीलंकामा अक्टुबर र नोभेम्बरमा मनसुन सक्रिय रहने गर्छ । यस वर्ष देशभर सामान्यभन्दा धेरै वर्षा भएको त्यहाँको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment