देउँसी खेलिरहँदा बसकाे ठक्कर : २ जनाको मृत्यु, ५ घाइते, बसमा आगजनी !

हेटौँडा । तिहारका बेला देउँसी खेलिरहेकाहरूलाई बसले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं १९ स्थित नेवारपानीमा गएराति उक्त दुर्घटना भएको हो ।

सो दुर्घटनामा २ जनाको मृत्यु र ५ जना घाइते मकवानपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा हेटौंडा–१५ का करिब २० वर्षीय सुजन विष्ट र चितवनका ३४ वर्षीय प्रेमबहादुर सिंह रहेका छन् । उनीहरुकाृ घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी घाइते हुनेमा हेटौंडा– १९ का १६ वर्षीय संगम नेपाली, ३५ वर्षीया तुलशा विष्ट, १० वर्षीया निष्ठा मोक्तान, ३५ वर्षीया लक्ष्मी गुरुङ र ४७ वर्षीय टंकप्रसाद डल्लाकोटी रहेका छन् । तीमध्ये २ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको र अन्यको हेटौँडाकै चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गए राति करिब ११ बजेतिर हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले ठक्कर दिएको थियो । बस अनियन्त्रित भएर देउसी खेलिरहेकाहरूको समूहमा पुगेर ठक्कर दिएको प्रहरीको भनाइ छ ।

घटनापछि रूष्ट स्थानीयहरूकाे भीडले ठक्कर दिने बसमा आगजनी गरेका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment