खेलकुद महासंघको संयोजकमा राजन राई


अखिल नेपाल खेलकुद महासंघ जिल्ला समन्वय समिति इलामको समिति निर्माण भएको छ । आज भएको जिल्ला भेलाले राजन राइको संयोजकत्वमा ३५ सदस्यीय समिति गठन भएको छ । 

महासघ इलाम इन्चार्ज गंगा लिम्बुको अध्यक्षता, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य कान्छा लावतिको प्रमुख आतिथ्यता साथै खेलकुद महासंघ प्रदेश इन्चार्ज किरण गिरिको विशेष आतिथ्यता साथै पार्टीको जिल्लानेता संयोजक सिन्धु राइ, कार्यालय सदस्य शान्ता बस्नेत, प्रवास शर्मा, जिल्ला कार्यालय सचिव प्रकाश परियार, जिल्ला सदस्यहरु विक्रम लिम्बु, राम संजेल लगायतको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको थियो । भेलाले सहसंयोजकमा भिम लावति र दिनेश राईलाई बनाएको छ ।

आजको भेलाले मंसिर मसान्तसम्ममा पालिका सम्मेलन गर्ने र पौस १५ सम्ममा जिल्ला सम्मेलन सम्पन्न गर्न समेत निर्णय भएको संयोजक राजन राईले बताएका छन् । समितिको सदस्यहरु रोसन राइ, रन्जु मल्लिक, मन्जु मल्लिक, विमल लिम्बु, जिवन जिम्बु, सुमन मगर, अर्पण योङहाङ, प्रवीण सुबेदि, संदिप राई, राजु लोक्दाम, मन्जिल गुरुङ, नरेन्द्र राइ, राजेन्द्र राइ, सौरभ आचार्य, अजय कुमार राइ, मनिस तामाङ, विक्रम लामा, भिम लावति, आसिस लाम्गादे, हर्क राइ, मनकुमार योङहाङ, हरि राइ, युवराज लिम्बु, किरण राइ, अजय राइ, दिवन राइ र मनकुमार राई रहेका छ्न् । बाकि ५ सदस्यीय बैठकबाटले थप गर्ने बताएका छन् 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment