राप्रपा महाधिवेशन : अभिनेत्री रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिने !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन बुधबार (आज)बाट काठमाडौंमा सुरु भएको छ । राप्रपा महाधिवेशनमा महामन्त्री पदका लागि धेरै जना आकांक्षी रहेका छन् ।

जानकारी अनुसार राजेन्द्र लिङ्देन प्यानलबाट अभिनेत्री रेखा थापाले पनि महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् । त्यसोत, लिङ्देन प्यानलबाट महामन्त्री पदका लागि अभिनेत्री रेखासँगै गोविन्द खनिया र धवलशम्शेर राणाको पनि चर्चा छ ।

राप्रपाको विधानअनुसार महामन्त्रीमा १ महिलासहित ३ जना निर्वाचन गर्ने प्रावधान छ, सोही विधानअनुसार नै अभिनेत्री रेखाले महिलातर्फ आफ्नो दाबेदारी प्रस्तुत गर्ने जानकारी गराइएको छ ।

लिङ्देजन प्यानलबाट उपाध्यक्ष पदका लागि जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सिनाको नाम चर्चामा छ । यसका साथै कमल थापा प्यानलबाट महामन्त्री पदका लागि कुन्ती शाही र भुवन पाठकले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै थापा प्यानलबाट उपाध्यक्षमा ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ, विक्रम पाण्डे, जयन्त चन्द, रोशन कार्कीलगायतको नाम चर्चामा छ । राप्रपामा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये एक सय ४९ जनाका लागि निर्वाचन हुदैछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment