बालकोटको बारीमा १२ वर्षीया बालिका बलात्कृत



भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका – २ स्थित बालकोटमा एक किशोरी बलात्कृत भएकी छन् । आइतबार साथीहरुसँग खेल्न गएकी स्थानीय १२ वर्षीया किशोरी गहुँबारीमा बलात्कृत भएकी हुन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उनी राति करिब ७ बजेतिर बलात्कृत भएको अनुसन्धानबाट खुलेको छ । उनलाई बलात्कार गरेको आरोपमा एक १७ वर्षीय किशोर पक्राउ परेका छन् ।

पीडित किशोरी साथीहरुसँग लुकामारी गर्ने भन्दै घरबाट निस्कीएकी थिइन् । लुकामारी खेलिसकेपछि सबै साथीहरुसँग छुटेपछि ती किशोरले बलात्कार गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

उनलाई ती किशोरले स्थानीय स्थानीय रातोपुलमा स्थित एक गहुँबारीमा लगेर बलात्कार गरेको खुलेको छ । पक्राउ परेका युवकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे घटनाबारे महानगरीय प्रहरी वृत ठिमीले अनुसन्धान गरिरहेको हो । पक्रउ परेका किशोर सुनसरी जिल्लाको भएको सोधपुछका क्रममा खुलेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment