बैतडीमा जिप दुर्घटना हुँदा नवबिवाहित दम्पतिसहित ५ को मृत्यु, ५ घाइते



बैतडी । बैतडीमा जिप दुर्घटनामा परी नवबिवाहित दम्पती सहित पाँच जनाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजे पाटन बजारबाट पाटन नगरपालिका ७ केलपालतर्फ जादै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थाल खोलामा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र सुर्नया ४ घर भएका उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई, सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराई र ४० बर्षिय जानकी भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

मृतक मनिषा र प्रेमको दश दिन पहिले बिवाह भएको थियो । उनिहरु ससुराली जाँदै गर्दा दुर्घटनामा परी मृत्यु भएको हो । त्यसैगरी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा पाटन १ का मानध्वज भट्टारई, ओमप्रकाश भट्टराईलाई, बिष्णु भट्टराई, दिपक भट्टराई र गोबिन्दी बिक रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

जिप सडकबाट २ सय मिटर तल खसेको छ । चालक फरार छन् । चिप्लो सडकका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment