कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिँदैमा लकडाउन हुँदैन, निगरानी हुन्छ : स्वास्थ्य मन्त्रालय



काठमाडौं । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) नेपालमा भेटिएपछि त्रास फैलिएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमाफर्त नेपाल आएका एक विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन पुष्टि गरेको छ ।

बाहिर मुलुकमा ओमिक्रोन फेला परेपछि लकडाउन गरिएको छ । नेपालमा पनि ओमिक्रोन भेटिएपछि लकडाउन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयले भने बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ ।

मन्त्रालयले सरकारले लकडाउनबारे केही निर्णय नगरेको र लकडाउन नहुने जनाएको छ । लकडाउनको साट्टो ओमिक्रोनका सम्भावित संक्रमितलाई निगरानीमा राख्ने र कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाइएको छ । मन्त्रालयले सबैलाई आत्तिनुभन्दा पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न र आफ्नो पालोमा खोप लगाउन आग्रह गरेको छ ।

सरकारले नेपालमा ओमिक्रोन फेला परे पनि लकडाउन नहुँने बताइरहँदा सामाजिक सञ्जालमा फेसबुक, टिकटक, ट्वीटरलगायतमा आममानिसले भने पहिलेकै स्थिति पैदा भएको भन्दै लकडाउन हुने चिन्ता व्यक्त गरेका छन् ।

हालसम्म करिब ४० देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखा परिसकेको छ । स्वास्थ्य विज्ञहरुले यो कोरोनाभन्दा खराब भेरियन्ट रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment