माओवादीको महाधिवेशन आजबाट, सहभागीले खाने बस्ने व्यवस्था आफैँ गर्नुपर्ने


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशन शुरु हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्नेछ । जसले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्नेछ ।

यसअघि माओवादीले राष्ट्रिय सम्मेलन बनाउदै आएपनि शनिबारको बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियाे ।

शनिबार पार्टीका प्रवक्ता कृष्णबहादुर महराले माओवादीको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको बताएका थिए । आज बस्ने केन्द्रीय कमिटीको बैठकले उक्त रुपान्तरण गर्ने उक्त  निर्णय अनुमोदन गर्नेछ ।


१ बजेबाट महाधिवेशन

महाधिवेशनको शुभारम्भ आइतबार दिउँसो १ बजेबाट सुभारम्भ हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमो उद्घाटन गर्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताउनुभयो ।

महाधिवेशन प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्नेसकिने बताइएको छ ।

महाधिवेशनमा सहभागी हुन लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण सहभागी हुनेछन् । जसका लागि सबै प्रतिनिधि र पर्यवेक्षक काठमाडौं आइपुगिसकेको बताइएको छ ।


खान बस्न आफैँ व्यवस्था गर्नुपर्ने

माओवादीले महाधिवेशनमा सहभागी हुनेहरुलाई खान बस्नका लागि आफै व्यवस्था गर्न लगाएको छ । अधिवेशन तीन दिन चल्नेछ ।

अधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यस्तै पार्टीको विधानलगायत अन्य दस्तावेज पेश हुने बताइएको छ । बन्दसत्रपपछि नयाँ नेतृत्व चयनको कार्यक्रम हुनेछन् ।

महाधिवेशनमा कूल एक हजार ६३१ को प्रतिनिधित्व हुनेछ। नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने बताइएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment