ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु


मकवानपुर । मकवानपुरको हेटौंडामा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–८ को फारलाइनलना गएराति ना७त १२९५ नम्वरको ट्याक्टर दुर्घटना हुँदा वडा नं १५ निवासी सोही ट्याक्टरमा ज्यामीको काम गर्ने शक्ति वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार दुर्घटनामा परेर सख्त घाइते उनको हेटौँडा अस्पतलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्याक्टर चालक हेटौंडा–८ कमाने बस्ने २८ वर्षीय अजित ढकाललाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment