भारतमा थप ७ हजार १४५ जनामा कोरोना पुष्टि, २८९ को मृत्यु


काठमाडौं । कोरोना भाइरसबाट भारतमा पछिल्लो एक दिनमा ७ हजार १४५ जना नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाका कारण अरु २८९ जनाको मृत्यु भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ८४ लाख ५६५ रहेको पुगेको पनि जनाएको छ ।

यो सङ्ख्या पछिल्लो ५६९ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । प्रतिशतको हिसावले पनि सक्रिय सङ्क्रमितहरुको सङ्ख्या गत मार्चपछिकै सवैभन्दा कम भएको उनीहरुको भनाइ छ ।

उनीहरुका अनुसार भारतमा कुल सङ्क्रमित मध्ये ०।२४ प्रतिशत सङ्क्रमितहरु अहिले पनि सङ्क्रमित अवस्थामै रहेका हुन् । पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ७०६ जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ४१ लाख ७१ हजार ४७१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment