नमान्दा नमान्दै भीम रावललाई जबर्जस्ती जिम्मेवारी


काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवार बनेर पराजित भएपछि कुनै जिम्मेवारी निर्वाह नगर्ने भन्दै आएका भीम रावललाई पार्टीले जबर्जस्ती जिम्मेवारी प्रदान गर्ने भएको छ ।

शुक्रबार केन्द्रीय कमिटीका बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा महासचिव शंकर पोखरेलले अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित रावललाई जिम्मेवारी दिइने बताएका हुन् ।

महासचिव पोखरेलका अनुसार रावललाई थप जिम्मेवारी दिइने बारे छलफल भइरहेको र जसरी भए पनि दिइनेछ । नीतिगतरूपमा नेता रावल हाल केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा रहेको र उनलाई त्यहीँ जिम्मेवारी प्रदान गर्न लागिएको पनि महासचिव पोखरेलले बताए ।

यदि, रावलले जिम्मेवारी लिन नचाहे पनि केन्द्रीय सल्लाहकारकै रूपमा पार्टीमा भूमिका रहने पोखरेलले पुनः बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment