नेकपा एकीकृत समाजवादी र जनवादीबीच एकता घोषणा


काठमाडौँ । नेकपा एकीकृत समाजवादी र जनवादीबीच एकता भएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमाझ दुवै पार्टीबीच एकता घोषणा गरिएको हो ।

एकता घाेषणा कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरू उपस्थित छन् । एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा जनवादीका देवेन्द्र महतले पार्टी एकतापश्चात् इमान्दारपूर्वक जिम्मेवारी बहन गर्न बताए ।

‘हामी जनताका जीवनसँग जोडिएका कुराहरु उठाउँछौँ । त्यसको सम्बोधन गर्छाैँ । हामी त्यसैमा प्रतिबद्धता छौँ भन्ने भएपछि पनि पार्टी एकता भएको हो,’ महतले भने, ‘त्यसो भएको हुनाले सबै साथीहरुलाई आ-आफ्नो क्षेत्रमा पार्टीले जुन जिम्मेवारी दिन्छ सहर्ष स्वीकार गरेर नयाँ चिज दिनुपर्छ । यसमा इमान्दारपूर्वक, निष्ठापूर्वक सबैलाई लागौँ भन्न चाहन्छु ।’


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment