इलाममा स्वराज ट्याक्टरको विक्रीकेन्द्र उद्घाटन, साथै नयाँ मोडल इलामबाट लञ्च


इलाम, ७ पुषः पहाडमा पहिलो पटक स्वराज ब्राण्डको ट्याक्टरको सो रुम (विक्री केन्द्र) इलाममा उद्घाटन भएको छ । इलाममको जीरो किलो मिटरमा पूर्वी नेपालको आधिकारीक विक्रेता पाथिभरा सप्लायर्स एण्ड ट्रेडर्सले वुधबार नयाँ सो रुम उद्घाटन गरेको हो ।  जीरो किलोमिटरमा सो रुम उद्घाटन पश्चात स्वराज ट्याक्टरको नयाँ मोडल ९६३ को लञ्च कार्याक्रम पोखरेली होटलमा भएको थियो ।

कार्यक्रमको प्रमुख अथिति स्वराज ट्याक्टरका  हेड नेपाल अपरेशन प्रमुख मनोज दाभी तथा विषेश अतिथि सेल्स इन्चार्ज हर्जीत सिह र सर्भिस इन्चार्ज अभय मिश्रको आतिथ्यमा कार्यक्रम सम्मपन्न भएको थियो । कार्यक्रमको अध्यक्षता पाथिभरा सप्लायर्स एण्ड ट्रेडर्सका प्रवन्धक विनोद संग्रौलाले गरेका थिए । 


कार्यक्रममा उद्दोग बाणिज्य सघ इलामका महासचिव हेमन्त गौतम, ग्लोबल आइएमइ बैंक इलामका शाखा  प्रमुख  पिताम्बर खड्का, बैंकर्स क्लब इलामका सचिव टिकाराम पुरी लगायतको उपस्थिति रहेको थियो । सलिसा उप्रेलीले सञ्चालन गरेको कार्यक्रममा पाथिभरा सप्लायर्स एण्ड ट्रेडर्स इलामका शाखा प्रमुख सूर्य कुमार रिजालले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रममा  विर्तामोडका शाखा प्रमुख  दिनेश अधिकारी दमक प्रमुख लेखराज गौतम, बैंकर्स क्लब इलामका सचिव टीकाराम पुरी लगायतले आफ्नो भनाई राखेका थिए । 

कार्यक्रममा अभय मिश्र, हरजित सिह र मनोज दाभीले लञ्च भएको स्वराज ट्याक्टरको ९६३ मोडल  ट्याक्टर बारेमा जानकारी दिएका थिए । 

साथै कायक्रमा साविक मेची अञ्चलमा भरी भाद्र १४ गते देखि मंसिर १४ गते सम्म विक्री भएका ६३ वटा ट्याक्टरबाट बम्पर उपहार माेटर साइकलको लक्की ड्र गरेको


थियो । लक्की ड्रमा झापा शिवसतासीका ट्याक्टर खरिदकर्ता  जीव्न भण्डारीले होरो होण्डाको स्पलेण्डर मोटर साइकल पारेका थिए । 

बुधकारनै शाखा उद्घाटन तथा ट्यक्टर लण्च कार्यक्रमको अवसरमा दुई वटा ट्याक्टरको विक्री भएको पनि शाखा प्रमुख रिजालले जनकारी दिए । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment