“हुनेले दिनुहोला आवश्यक परेमा लिनुहोला” भन्ने मुल नाराका साथ इलामका युवाद्वारा न्यानो कपडा बितरण


इलाम, २७ मंसिरः जाडोको मौसम सुरु भएसँगै गरिब निमुखा र सडक आस्रित मानवलाई सेवा पुग्ने उदेश्यले इलम जिल्लाका विभिन्न क्षेत्रका युवाहरुको सक्रियतामा लुगा बैङ्क स्थापना गरी त्यहाँ जम्मा भएका कपडा आज इलाम चोक बजारमा एक कार्यक्रममको आयोजना गरी बितरण गरीएको छ ।

घरमा पुराना लुगा त्यसै खेर जाने र त्यहि लुगालाई गुणस्तरीय बनाई बितरण गरिएको कपास समूह सस्थाकी सदस्य प्रश्ना खतिवडाले बताईन । 

कपास समुहले केहि समय अगाडि समाजीक सञ्जालमा लुगा बैङ्को स्थापना गरिएको र त्यहाँ कपडा जम्मा गर्न अनुरोध गरेको थियो । जम्मा भएका कपडा १० जना भन्दा धेरैलाई बितरण गरीएको थियो । 

जाडोमा सबैलाई तातो बनाउने“हुनेले दिनुहोला आवश्यक परेमा लिनुहोला” भन्ने मुल नाराका साथ इलामका युवाहरुले न्यानो कपडा बितरण गरेका । 

जाडोको मौसम सुरु भएसँगै गरिब निमुखा र सडक आस्रित मानवलाई सेवा पुग्ने उदेश्यले इलम जिल्लाका विभिन्न क्षेत्रका युवाहरुको सक्रियतामा लुगा बैङ्क स्थापना गरी त्यहाँ जम्मा भएका कपडा आज ईलाम चोक बजारमा एक कार्यक्रममको आयोजना गरी बितरण गरीएको हो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment