इलामको नामसालिङमा ट्याक्टरले किचेर एकजनाको मृत्यु


इलाम, २७ मंसिरः इलामको नामसालिङमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माईजोगमाई गाउँपालिका नामसालिङ निवासी पूर्ण वहादुर घले रहेका छन् । 

घलेले आफ्नो खेतको पराल वेचेर बाटो देखाउने क्रममा मे १ त ११७३ नम्बरको ट्याकटरमा सवार रहेको र सोही ट्याकटरले किचेर उनको मृत्यु भएको स्थानीयवासी खेमराज सुवेदीले जानकारी गराएका छन् । अहिले साँझको समयमा भएको दुर्घटना भएकोले थप जानकारी आउन बाँकी रहेको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment