पत्रकार डेकेन्द्र थापाका हत्यारालाई जन्मकैदको फैसला


दैलेख । पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपीसहित तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार उक्त फैसला गरेको हो । मुख्य आरोपीमध्येका ‘अरुण’ भनेर चिनिने बमबहादुर खड्कासहित अन्य २ जनालाई जन्मकैद सजाय सुनाइएको हो ।

१७ वर्षअघि पत्रकार डेकेन्द्र थापाको हत्या भएको थियो । मुख्य आरोपी दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका ४१ वर्षीय बमबहादुर खड्का २ वर्षअघि कैलाली प्रहरीले पक्राउ गरेर दैलेख प्रहरीमा बुझाएको थियो । उक्त हत्या प्रकरणमा उनीसपहित ९ जनाविरुद्ध जाहेरी परेपछि उनी केही वर्ष फरार थिए ।

केही वर्षदेखि मुल्तबीमा राखिएको मुद्दा मुल्तबीबाट जगाएर आइतबार फैसला भएको हो । यसँसगै कसूरदार साविकको कट्टी गाविस—७ हाल भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का, साविकको छिउडीपुसाकोट गाविस–७ हाल दुल्लु नगरपालिका–६ का केशव खड्कालाई पनि जनही २० वर्ष जन्मकैद सजाय सुनाइएको छ । हत्याका अर्का आरोपित बाँकेको कोहलपुर नगरपालिका ३ का भक्तिराम लामिछानेलाई पनि तीन वर्ष कैदको फैसला भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment