इलाममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रम


इलाम, इलाममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान  समापन   कार्यक्रम सम्मपन्न भएको छ ।  इलाम नगरपालिकाका उपप्रमुख शुसिला नेम्बाङको अध्यक्षता तथा नगर प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यता तथा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी धुब्र बहादुर खड्‍का, बिभिन्न सरकारी तथा ग्रैह्र सरकारी कार्यालयका प्रमुख, न्यायिक समितिका सदस्य, बिभिन्न बिद्यालयका प्रधान अध्यापक, मानव अधिकार मन्ञ्च, महिला उद्योमी,पत्रकार, स्थानियबासी र बिद्यार्थीहरुको उपस्थितिमा इलाम नगरपालिकाको सभाहलमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रम भएको हो।

 जिल्ला प्रहरी कार्यालय इलामको सहकार्य तथा इलाम नगरपालिका न्यायिक समिति इलामको आयोजनामा संचालन भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुतिकरण गर्नु भएको छ भने कार्यक्रममा इलाम नगरपालिका नगर कार्यपालिकाका सदस्य सानु दासले शुभकामना मनतब्य राख्नु भएको थियो, कार्यक्रममा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी धुब्र बहादुर खड्‍का, मानव अधिकारका लागी महिला मन्ञ्चका अध्यक्ष सारदा उप्रेति, उच्च वार इलामका अध्यक्ष विर बहादुर खड्‍का तथा प्रमुख अतिथी नगर प्रमुख महेश बस्नेतले आफ्ना भनाई राख्नु भएको थियो, कार्यक्रमको समापन इलाम नगरपालिकाका उप(प्रमुख शुसिला नेम्बाङले गर्नु भएको छ ।

   मिति २०७८ मंसिर ९ गतेबाट मंसिर २४ गते सम्म इलाम जिल्ला भर संचालन भएको लैंगिक हिंसा विरुद्धको कार्यक्रम बिद्यालय तथा ग्रामिण भेगहरु १३२ वटा कार्यक्रम संचालन गरीएको थियो भने कार्यक्रमबाट झण्डै ६००० जना ब्यक्तिहरु लाभान्वित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगा वहादुर थापाले जानकारी दिनुभयो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment