आज संसद बैठक बस्दै, एमसीसीमाथि छलफल हुने सम्भावना


काठमाडौँ । संघीय संसदअन्तरगत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठकमा एमसीसीबारे छलफल हुनसक्ने बताइएको छ । यद्यपि संसद बैठकको औपचारिक कार्यसूची भने तय गरिएको छैन ।

अमेरिकी सहयोग परियोजना एमसिसी चाँडो संसदबाट पारित गर्ने दबाबमा नेपाल रहेको छ । आजै संसद बैठक बस्नुअघि बिहान साढे ११ बजे प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तय भएको छ । उक्त समितिको बैठकमा एमसीसीबारे छलफल हुनेछ भने संसदका कार्यसूची समेत तय गरिने जनाइएको छ ।

गत मंगलबार अमेरिकामा एमसिसी सञ्चालक समितिको बैठक बसेर नेपालका लागि प्रस्तावित गरिएको उक्त सहयोग परियोजना चाडो पारित गर्न आग्रह गरेको थियो । डिसेम्बरभित्रै नेपालले अनुमोदन नगरेमा उक्त सहयोग फिर्ता हुने अमेरिकाको चेतावनी रहेको छ ।

तर नेपालमा भने लामो समयदेखि एमसिसीले विवाद सृजना गरेको छ । सत्ता गठबन्धनकै दलहरु एकमत देखिँदैनन् भने नागरिक स्तरमा समेत एमसिसी पारित गर्न नहुने भन्दै विरोध हुँदै आएको छ । राजनीतिक दलहरुबीच सहमति जुटेमा भने यो पारित हुनेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment