भेरी अस्पतालको क्वाटरमा कोइला बालेर सुतेका ४ को मृत्यु, ३ बेहोस अवस्थामा


बाँके । जिल्लाको भेरी अस्पतालको क्वार्टरमा एकै परिवारका ४ जना मृत भेटिएका छन् भने ३ बेहोस अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यलय बाँकेका अनुसार उनीहरुको निसासिएर मृत्यु भएको हो । त्यस्तै अन्य बेहोस अवस्थामा रहेका छन् । मृतक सबै कार्यालय सहयोगीको परिार भएको बुझिएको प्रहरीको भनाइ छ ।

उनीहरु बस्ने कोठा बिहान अबेरसम्म पनि नउठेपछि हेर्दा कोठाभित्र ४ को मृत्यु भएको अवस्थामा शव फेला परेको थियो । जसमा ३ जना भने बेहोस अवस्थामा फेला परेका थिए ।

मृत्यु हुनेमा कालिकोट खाँडाचक्र नगरपालिका–६ का धनप्रसाद भट्टराईसहित उनका परिवारका सदस्यहरु रहेका छन् । धनप्रसाद जो करिब ३ वर्षदेखि त्यहाँ कार्यलय सहयोगीका रुपमा काम गर्दै आएका थिए ।

अन्य मृतकहरुमा धनप्रसादकी आमा आमा ४५ वर्षकी कोकिला, ३ महिने छोरा इप्सन र २७ वर्षीया दिदी नन्दकलीको मृत्यु भएको प्रहरीले बताएको छ ।

बेहोस फेला पर्नेमा धनप्रसादकी श्रीमती, भाइ र अर्का एक छोरा रहेको बताइएको छ । जाडोमा कोइला बालेर सुतेकाले उनीहरुमा अक्सिजनको कमी भएका कारण मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । अन्य बेहोस भएकाहरुको भने उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment