आठ केजी गाँजासहित इलामका विरकुमार झापाको दमकबाट पक्राउ


दमक, ११ पुसः  प्रतिबन्धित लागुऔषध आठ केजी गाँजासहित इलामका एक व्यक्ति दमकबाट पक्राउ परेका छन् । शनिबार बिहान ९ः३० बजे दमक नगरपालिका वडा नं १ बरगाछीस्थित रतुवा खोलाको बगरमा अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा शंका लागेर चेकजाँच गर्दा इलाम माङसेवुङ गाउँपालिका वडा नं ६ का ४६ वर्षीय विरकुमार राईको साथबाट सो गाँजा बरामद गरेको थियो ।

उनले पछाडि बोकेको निलो खैरो झोलाभित्र सेतो प्लाष्टिकले बेरेको पोका खोली हेर्दा ४ केजी १३० ग्राम र हातमा बोकेको हरियो टाटेपाङग्रे जेब्रा झोलाभित्र ४ केजी ३० ग्राम गाँजा गरी जम्मा ८ केजी १६० ग्राम गाँजा फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी अनुसन्धान भइरहेको र झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment