सर्लाहीमा सवारी दुर्घटनामा दुईको मृत्यु


सर्लाही । सर्लाहीमा गएराति छुट्टाछुटै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ ।

मलङ्गवा–नवलपुर सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६ लक्ष्मीपुरमा साइकलको ठक्करबाट ५५ वर्षीया सैफुल खातुनको मृत्यु भएको छ । बाटो काट्ने क्रममा शनिबार साँझ खातुनलाई साइकलले ठक्कर दिएको थियो ।

घाइते खातुनको जनकपुरमा उपचारका क्रममा गएराति ९ः३० बजे मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

साइकल चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । उता पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा नम्बर नखुलेको एक सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ना ३४ प ७०२१ नम्बरको मोटरसाइकलको पछि बसेका लालबन्दी नगरपालिका–७ बस्ने ५७ वर्षीय भीम गुरुङको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल मलङ्गवामा पु-याइएको थियो । उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment