एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला


काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव मृत अवस्थामा फेला परेका छन् ।

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार क्वार्टरमा झुण्डिएको अवस्थामा मृत फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

एसएसपी कुँवरले भने, ‘खाजा खाने समयमा हेर्दा ढोका नखोलेको पाइयो । फेरि एक जना इन्स्पेक्टर भेट्न आउनु भएको रहेछ । हेर्न जाँदा ढोका बन्द नै थियो । तर एउटा झ्यालको खापाबाट हेर्दा झुन्डिएको देखियो ।’

उनका आफन्तलाई बोलाएर ढोका खोलेर अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । एसएसपी यादव एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाका ब्याचमेट हुन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment