इलामको मोटरसाइकल दुर्घटनाबाट एक युवाको मृत्यु


इलामको माईनगरपालिकामा भएको सवारी दुर्घटनामा झापाको मेचीनगर–८ आयाबारीका १८ वर्षीय एक युवाको मृत्यु भएको छ ।

सोमवार दिउसो २ बजे झापाबाट माईको चिलिमकोट बगान पिकनिक जाने क्रममा माई नगरपालिका–२ मस्तेमा १८ बर्षिय अनुष श्रेष्ठ मृत्यु भएको हो । मे १० प ६८४३ नम्बरको केटिएम डुक मोटरसाईकल अनियन्त्रित हुँदा उनी करिब २० मिटर तल उछिटिएका थिए ।

माई अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारका लागि बी एण्ड सी अस्पताल पठाईएकोमा अस्पताले पुर्याउदा उनलाई ज्यान गएको पुष्टि गरिएको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक शुक्र राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment