काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार नाघ्यो


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४७ हजार २४ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ३०६ जनामा कोरोना पुष्टि भएसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार २४ जना पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ हजार ७६२ जना, ललितपुरमा १ हजार ११० जना र भक्तपुरमा ४ सय ३४ जना गरी ५ हजार ३०६ जना संक्रमित भेटिएका हुन् ।

कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसँगै काठमाडौं उपत्यका पुनः कोरोनाको हटस्पट बनेको छ । पछिल्लो समयमा दिनानुदिन संक्रमित बढिरहेको अवस्था शनिबार मात्रै पनि मुलुकभर थप १० हजार २५४ जनामा कोरोना पुष्टि भएको छ, भने १६ संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment