मधेशले सच्यायो ‘बुच्चे नक्सा’, अतिक्रमित भू-भागसहितको नक्सा राखियो राजपत्रमा


काठमाडौं । मधेश प्रदेशले प्रदेश नामाकरण गरिएको सम्बन्धमा प्रकाशन गरेको राजपत्रमा नेपालको नक्सा सच्याएको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा सम्मेलित चुच्चे नक्सा व्यवस्थापिका संसदबाटै पारित भएको अवस्थापमा पनि प्रदेश सरकारले भने पहिलेकै ‘बुच्चे नक्सा’ राखेर राजपत्र प्रकाशित गरेको थियो ।

उक्त राजपत्रमा नयाँ नक्सा नराखिएकाे भन्दै प्रदेश सरकारको व्यापक आलोचना भएपछि नयाँ ‘चुच्चे नक्सा’ सार्वजनिक गरिएको हो ।

प्रदेश– २ सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले बुच्चे नक्सा सार्वजनिक गरिएर गल्ती भएको स्वीकार गदौए शनिबार तत्काल सच्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसपछि आइतबार नेपालको नयाँ नक्सा राखेर प्रदेशको नामाकरण सम्बन्धमा पुन राजपात्र प्रकाशित गरिएको प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले बताएका छन् ।

केहीदिन अघि तत्कालीन प्रदेश– २ को नामाकरण गर्न संसदमा मतदान गरिएको थियो । उक्त मतदानका क्रममा नाम मधेश र राजधानी जनकपुरका लागि दुईतिहाइ मत प्राप्त भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment