तेलकाे मूल्यवृद्धि गराइएकाे भन्दै विद्यार्थीहरुले गरे प्रदर्शन, जलाइयो देउवाको पुत्ला


काठमाडौं ६ माघ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ । विद्यार्थीहरुले अस्कल क्याम्पस परिसरमा प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्लासमेत जलाएका छन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई रोक्न प्रहरीले लाठीचार्जसमेत गरेको छ । त्यसपछि विद्यार्थीहरुले पनि प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिती तनावग्रस्त बनेको थियो । विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।



सरकारले हिजोबाट पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३\३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । यो सँगै एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ, डिजल र मट्टीतेल प्रतिलिटर १२२ रुपैयाँ निर्धारण गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment