बसको ठक्करबाट स्कुटर चालकको मृत्यु


काठमाडौँ २० पुष। काठमाडौँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गा पिङलास्थानमा बा५ख १५३८ नं को बसले वाग्मती प्रदेश–०२–०२१ प १९३५ नं को स्कुटरलाई सोमबार साँझ ठक्कँर दिँदा गम्भीर घाइते भएकी कृतिकाको उपचारको क्रममा आज बिहान काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटना गराउने बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment