रेशम चौधरीले नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’ को अध्यक्ष श्रीमती रञ्जितालाई बनाए


काठमाडौं १९ पुष। निलम्बित सांसद रेशम चौधरीले नयाँ पार्टीको अध्यक्ष श्रीमती रञ्जिता श्रेष्ठलाई बनाएका छन् । साेमबार गाँजाबाजासहित निर्वाचन आयोग पुगेको निलम्बित सांसद चौधरीको समूहले पार्टीको नाम ‘नागरिक उन्मुक्ति पार्टी’ राखेको छ भने अध्यक्ष रञ्जितलाई बनाएको छ ।
डिल्लिबजार कारागारमा रहेका चौधरीले आफ्नै अध्यक्षतामा पार्टी गठन गर्न लागे पनि कानुनी प्रक्रियाअनुसार अड्चन भएपछि श्रीमतीको नाममा पार्टी गठन गरेका हुन्।
नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली सोमबार मध्याह्न निर्वाचन आयोगमा पुगेको थियो। चौधरीले पार्टी दर्ताका लागि आफैं आयोग जान खोजे पनि उनी जान पाएनन्।
चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या आरोपमा उनी जेलमा रहेका छन्। यसअघि चौधरी राष्ट्रिय जनता पार्टीमा आवद्ध थिए।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment