राेङ पिकअप दुर्घटनाः दुर्घटनास्थलबाटै हरायो पैसा र सुन

 

‘दुर्घटनास्थलबाटै हरायो पैसा र सुन’

इलाम । गत बुधबार इलामको रोङ गाउँपालिका–४, पहिरोमा पिकअप दुर्घटनाका मृतकको साथमा रहेको पैसा र सुन हराएको छ । दुर्घटनामा मृत्यु हुने मेचीनगर नगरपालिका–४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापाको साथबाट करिब ४ लाख रुपैयाँ पैसा र आधा तोलाको सुनको औँठी दुर्घटनास्थलबाटै लुटिएको परिवारको दाबी छ ।


थापा दाजुभाई इलामबाट खसीबाख्रा खरीद गरी झापामा ल्याएर बिक्री गर्दथे । दुर्घटना भएको दिन पनि खसी खरीदका लागि पिकअप लिएर इलाम तर्फ जाँदै गरेको मृतकका भाई मनोजकुमार थापाले जानकारी दिए ।
“दाईहरु विहान ४ बजे नै घरबाट खसी किन्न इलाम जानु भएको थियो । हामीलाई ५ः५५मा स्थानीयले दुर्घटना भएको खबर गरे” थापाले भने, “हामी घटनास्थलमा पुग्दा स्थानीय र प्रहरी आइसकेका थिए । दाजुको साथमा रहेको करिब चार लाख पैसा र औँठी भने घटनास्थलबाटै गायव भयो ।”

पैसा हराएको विषयमा प्रहरी र जनप्रतिनिधिलाई जानकारी गराएको मृतकका छिमेकी अर्जुन कार्की बताउँछन् । “मैले प्रहरी र जनप्रतिनिधिलाई पैसा र सुन हराएको जानकारी गराउँदा उहाँहरुले यहाँ पेशवर मान्छेहरु हुन्छन् भन्ने जवाफ दिनुभयो” कार्कीले  भने, “प्रहरीले अपराधिको अनुसन्धान गरी तत्काल कानुनी दायरामा ल्याउन आवश्यक छ ।”

पैसा र सुन हराएको सूचना आफूलाई नआएको जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले बताए । पिकअप चालक ३३ वर्षीय अर्जुन कोइराला घाइते छन् । उनको बिर्तामोडको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment