इलाम कांग्रेस लाग्यो संगठन सुधार तथा बिस्तारमा


इलाम, १७ पुसः  चौधौँ महाधिबेसन सकेर नयाँ उर्जा बोकेको नेपाली काँग्रेस अहिले टोल समिति गठन सँगै संगठन बिस्तारको अभियानमा लागेको छ ।

शनिबार नेपाली कांग्रेस रोङ गाउपालिका वडा न ६ को आयोजनामा रोङ ६ को रम्भ्याङमा १७ सदस्यिय  टोल समिति गठन गरिएको छ । श्याम प्रसाद आचार्यको सभापतित्वमा सुरेस राई उपसभापति कुलबहादुर राई सचिव सह सचिव बिनराज राई कोषाध्यक्ष टिकामाया तामाङ लगायत रहेका छन् ।

सोहि कार्यक्रममा नेकपा परित्याग गरि पेमादोर्जे तामाङ, लेखराज तामाङ, टिकामाया तामाङ, गगामाया लामा ,निशा ठकुरी, रक्षा राई, कमला तामाङ, फुर्वा तामाङ, उर्गेन तामाङ, सन्तोष राई, दुर्गा राई मनकुमार राई, मिलन तामाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसमा प्रवेश गरेका नवप्रबेसी सदस्यहरुलाई महासमिति सदस्य चन्द्रकला राई, क्षेत्रिय सभापति समसेर राई, रोङ सभापति हरि बुढाथोकी र वडा न ६ का सभापती कुमार मोक्तानले पाटी सदस्यता फुल टिकाले स्वागत गरेका थिए ।

नेपाली काग्रेस रोङ ६ का सभापती कुमार मोक्तानको सभापतित्व, महासमिति सदस्य चन्द्रकला राईको प्रमुख अतिथ्यता,नेपाली कांग्रेस इलाम क्षेत्र न १ का सभापति समसेर राईको बिशेष आतित्यता,रोङ सभापति हरिबुढाथोकी ,रोङ ६ का बडा अध्यक्ष मनिकुमार तामाङ लगायतको आतिथ्यता रहेको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment