सांसद धिरेन्द्र शर्माद्वारा निर्वाचन क्षेत्रमा बजेट विनियोजन, राँके-गैडे सडकलाई प्राथमिकता


इलाम, ३ माघः  सांसद धिरेन्द्र शर्मा (रमण)ले आफ्नो प्रदेश निर्वाचन क्षेत्र २ (ख)मा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम विनियोजन गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका फाकफोकथुम, मांसेबुङ र चुलाचुली गाउँपालिकाको १९ वडा साथै माई नगरपालिका ३ वटा वडा गरि २२ वटा वडामा १ करोड बजेटको २४ वटा योजनाम बजेट तथा कार्यक्रम विनियोजन गरेका छ्न् । नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य समेत रहेका रमणले बजेट विनियोजन गर्दा राँके गैडे सडकलाई प्राथमिकता दिएका छन् ।


विनियोजन गरेको बजेटमा फाकफोकथुममा २ नं. वडाको खाम्फुला सडकमा ५ लाख, ६ नं. वडामा पसल-तिम्पुङ र होयङमा सडमा ५ लाख, १ नं. वडामा खाम्बाङ कृषि सहकारी संकलन केन्द्रको भवन निर्माणमा ५ लाख, ७ नं. वडामा शाहीद स्मृति भलिबल प्रतियोगितालाइ १ लाख ५० हजार, शहिद रत्नकुमार वान्तावा डकुमेन्ट्री निर्माणमा २ लाख, ३ नं. वडामा नसुवा खोला दहालधारा जुकेनि रातमाटे कुलो मर्मतमा ३ लाख र ज्ञानदिलदास चित्रे सडकमा १ लाख ५० हजार र ५ नं. वडामा भालुखोप माल्टेनि सडकमा ५ लाख विनियोजन गरिएको छ । 
यस्तै माइ नगरपालिकामा ८ नं. वडामा दुङदुगे खोल्सि कल्भर्ट निर्माणमा ४ लाख र चेपेखोला जारिवाले धारा कल्भर्ट निर्माणमा ८ लाख, ७ नं. बडामा वडा कार्यालय देखि रातमाटे सडकमा ४ लाख र ६ नं. वडामा डुडेगैरि-ढेडुधाप-सुसलिङ सडकमा ६ लाख विनियोजन गरिएको छ ।
राँके गैडे सडकको ट्रायाक जोड्न मांसेबुङमा पर्ने तामाखोला-तितृबाेटे खण्डमा ९ लाख र सुमसाजुङ-तावाखोला खण्डमा ६ लाख गरि १५ लाख विनियोजन भएको छ । यस्तै मांसेबुङको ५ नं. वडामा मझुवा खर्वनि खेल मैदान निर्माणमा ५ लाख, १ नं. वडामा बरभन्याङ विद्यालयको घेराबारामा ५ लाख विनियोजन भएको छ । 
यस्तै चुलाचुलीमा ३ नं. वडामा महादेव चोक मोटर वाटोमा १ लाख, ६ नं. वडामा नुनसरि पैनि मार्गमा ५ लाख, ५ नं. वडामा शहिद चन्द्र टोल विकास-गैरिगाउ सडकमा १ लाख र खन्यु खोल्सिमा ग्राबेलमा ३ लाख, ४ नं. वडामा सालवारि कंचनजंगा टोल सडकमा ५ लाख, ३ नं. वडामा कुईकेल-रातेहोलि सडकमा ५ लाख र २ नं. वडामा श्रजना टोलको कच्ची सडकमा ग्राबेलको लागि १ लाख विनियोजन भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment