रोङको झण्डीडाडाबाट प्याराग्लाइडिङको सफल परिक्षण, गाउँपालिका अध्यक्षद्वारा अनुगमन

  • गोविन्द पौडेल


इलाम, १ माघः इलामको रोङ गाउपालिका वडा नं ६ मा अवस्थित झण्डी डाडाबाट बिगत तीन दिनयता गरिएको प्याराग्लाइडिङ्गको उडान सफल भएको छ । सो उडानको बारेमा रोङ गाउपालिकाका अध्यक्ष समसेर राइले स्थलगत रुपमा अनुगमन गरेका छन ।


काठमाण्डौ र पोखरामा होटल ब्यवासय गदै आएका रणबहादुर अधिकारीले रोङको सेरोफेरोमा ब्यवसाय संचालनको लागि चासो राखेर दुइबर्षअघि सलकपूरमा थोरै जमिन खरिद गरि ब्यवसायको संभावना खोज्दै प्याराग्लाइडिङ्गको संभावना देखेपछि पोखरा लेकसाइडको हाइ फ्लायर प्याराग्लाइडिङ्ग सगको सहकार्यमा रोङ गाउपालिकाको सहकार्यमा परिक्षण उडानकोलागि पुष २६ बाट ११ माघसम्म उडान अनुमति लिएर  झणी डाडाबाट मेनी नगरपालिका झापाको तिरिङ र कृष्ण थुम्की नजिकमा रहेको वालबिकास आधारभूत बिद्यालयको प्राङ्गनसम्म  पाइलटहरु हरि भण्डारी, जीवन क्षेत्री र सागर नेपालीहरु बाट एकल र  यात्रु सहित ११ वटा उडान गरेको थियो  । 

सबै उडानमा कुनै समस्या नरहेको र अवतरण स्थल तिरिङ चाहि उत्तम रहेको पाइलट हरि भण्डारीले बताए । पोखराको सारङकोटमा प्रतेक उडान १५ देखी ३० मिनटको हुने गरेको भएपनि यहा २० देखी ३० मिनटको हुने र अहिलेसम्म परिक्षण गर्रिएको नेपाल  अधिराज्यको कुनैपनि स्थानहरु भन्दा सबैभन्दा उत्तम स्थान रहेको पाइलट भण्डारीको अनुभव रहेको छ । यो परिक्षण उडान माघ ११ गते सम्मको रहेपनि हरेक बिश्लेषणबाट नै परिक्षण सफल रहेपछि भोली माघ २ गते अन्तिम परिक्षण गरेर फाइनल रिपोट दिने पाइलटले बताए ।

 भौतिक पूर्वाधार भएको पोखरामा प्रतिउडान  ४हजार ५ सयदेखी ६ हजारसम्म शुल्क रहेपनि यहाभने त्यो भन्दा दुइहजार बढी शुल्क लाग्नसक्ने अनुमान गर्रिएको छ । यसैबिच आफ्नो गाउपालिकामा  परीक्षण उडानको अनुमती दिएको रोङ गाउपालिकाका अध्यक्ष समसेर राइले यहाको उडान र अवस्था बारेमा पाइलट र ब्यवसायीवाट  जानकारी लिएका छन् । उनिहरुबाट दरिलो संभावना रहेको जानकारी पाएपछि साहसी पर्यटन साइक्लीङ्ग जीपलाइन र प्याराग्लाइडिङ्गको संभावना अध्ययन गरि यसको प्रर्वधनकोलागि गाउपालिकाले सकेको सहयोग गर्ने ब्यवसायी र उध्योगीहरुलाइ प्रकृयागत रुपमा अघिबढ्न आग्रह गरेका थिए । 

यसैबिच रोङ गाउपालिकाले वडा नं  ३ को हासपोखरी देखी वडा नं ६ को मेची खोलासम्मको २९ कि मी पदमार्गको बिकास गरि ट्याक समेत खोली सकेको छ । लोपोम्मुख लाप्चा जातीको भाषबाट करसोङ्ग पदमार्ग नामाकरण गरि पूर्वाधार बिकास र घरवास हामस्टे लगायतको लागि प्रेरित गरेर स्थानियबासीहरुको जीवनस्तर उकासेर आर्थिक समृद्धिको अभियान संचालन गरिसकेको छ । नेपालको ग्रामीण रहनसहन, संस्कृति,खानपान र स्थानिय उत्पादनको लागि गाउमै बजारीकरण गरेर आर्थिक स्तर उकास्न तरकारी ,कफि, मौरीपालन, पशुपक्षिपालन जस्ता किसानमुखी कार्यक्रमहरु वडाको सकृयतामा हुदै आएको छ । कृषिलाइ पर्यटनमा जोड्न सके स्थानियको जीवनस्तर तुरुन्तै उक्सन सक्ने मौरी ब्यवसायी समेत रहेका सलकपूरमा कुमार मोक्तानले बताए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment