स्कुटर दुर्घटना हुँदा एकको मृत्यु


कञ्नपुर १७ माघ । कञ्चनपुरमा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–३ का ४५ वर्षीय पुरन चौधरीको मृत्यु भएको हो ।

बिचपुरीबाट नौलाखेततर्फ जाने क्रममा चौधरी सवार से७प ७१४६ नं को स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।
उहाँको उपचारका क्रममा गए राति महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिनुभयो ।
यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका–१० कलुवापुरमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजना घाइते भएका छन् ।
शुक्लाफाँटा नगरपालिकाका हरिदत्त जोशीले चलाएको सुप प्र ०२–०० प ४५५३ नं को मोटरसाइकल र विपरित दिशाबाट आएको सुप प्र ०२–००३ प ४५५९ नं को मोटरसाइकल आपसका ठोक्किएका हुन् । दुर्घटनामा भीमदत्त नगरपालिका–६ का २८ वर्षीय पवन डगौँरासमेत घाइते भएका छन् ।
उनको कैलालीको धनगढीस्थ्ति माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता