कन्याममा सरकारी चिया बगान अतिक्रमण गरिएको भन्दै ध्यानकर्षण


फिक्कल माघ १२। इलामको सूर्योदय नगरपालिकाको कन्याममा नीजि जमिनमा जाने सडक निर्माण गर्दा चिया बिकास निगमको जमिन अतिक्रमण गरिएको भन्दै स्थानीय युवाले नगर प्रमुखको ध्यानाकर्षण गराएका छन् । सूर्योदय नगरपालिका ७ को कन्याममा केहि दिन अघि निजी जमिनमा जाने सडक खन्दा चिया निगमको केहि जमिन समेत अतिक्रमण गरेर सडक निर्माण गरिएको भन्दै स्थानीय युवाले नगर प्रमुखको रणबहादुर राईलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले सडकको १५ मिटर कटाउदा समेत करिव १२ फुट जमिनमा ६ मिटरको सडक खन्दा बगानको जमिन अतिक्रमण भएको स्थानीय युवाले बताएका छन । उनीहरुले सूर्योदय नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष शिव कुमार बस्नेतले पेलेर बाटो खनाएको आरोप लगाएका छन । जमिन वडा नम्बर ७ मा परेपनि वडा नम्बर ६ ले पेलेर बाटो खनाएको ज्ञापनपत्रमा उल्लेख छ ।
बिरोधमा उत्रिएका युवाले माथि सडक निर्माण गरेर संरचनाका लागि जमिन खन्दा तल रहेको गुप्ती गाउँ समेत जोखिममा परेको बताएका छन । उनीहरुले नगर प्रमुख राईले उक्त बिषयमा आफुले बुझेर कार्यपालिकामा छलफल गराउने आश्वासन दिए । यस अघि समेत कन्याम क्षेत्रमा केहि संरचना बगानको जमिनमा निर्माण गरिएको भए पनि कसैले बिरोध जनाएको थिएन ।
स्थानीयले सबै बगानको जमिन मिचीएका संरचना हटाउनु पर्ने माग गरेका छन । २०५७ सालमा तत्कालिन सरकारको अर्थ मन्त्रालयको नीजिकरण शाखाले ५० बर्षका लागि कन्याम सहित इलाम र झापाका ७ वटा चिया बगान भारतको संघाई त्रिर्वेर्णी गु्रपलाई लिजमा दिएको थियो ।
संघाईले सरकारलाई तिर्नु पर्ने कर समेत नतिरेको भन्दै स्थानीय पालिकाले संम्झौता भंग गरी स्थानीय सरकारको मातहतमा चिया बगान ल्याउन माग गर्दै आएका छन । कर असुल्न स्थानीय पालिकाले पहल समेत गर्दै आएका छन । कन्याममा मात्र चिया बगानको २० करिव २० हेक्टर जमिन रहेको छ ।
लाेकल सन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment