इलामकाे कन्याममा तोडफोडको आरोपमा ३ जना पक्राउ


फिक्कल । इलामको सूर्योदय नगरपालिका–७ कन्याममा होडिङ बोर्ड राख्ने फ्रेम तोडफोड गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । मेची राजमार्गको छेउमा राखिएको होडिङबोर्ड राख्ने फ्रेम तोडफोडको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको हो ।

गत राती ११ बजेको समयमा तोडफोड गरिएको थियो । सिसिटिभी फुटेजको आधारमा तोडफोडमा संलग्न सूर्योदय नगरपालिका–८ का २ जना र माई नगरपालिकाका १ जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ । उनीहरु होटलका कामदारहरु रहेको जनाइएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment