मुलुकभर थप ८४५४ जनामा कोरोना पुष्टि, ५ संक्रमितको मृत्यु


काठमाडौं १२ माघ। पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ३५९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ, भने ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment