काठमाडौंमा ‘स्मार्ट लकडाउन’ सम्बन्धी नयाँ आदेश जारी : के-के गर्न पाइन्छ ?


काठमाडौं ४ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी नयाँ आदेश जारी गरेको छ । दैनिक रुपमा कोरोना संक्रमितको संख्या झन् बढ्दै गएपछि काठमडाैंसँगै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले मंगलबार मध्यरातदेखि लागू हुने गरी माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न रोक लगाएको छ ।

जारी विज्ञप्तिमार्फत गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न भनिएको छ । भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन आदेश दिइएको छ ।
यस्तै, माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायत बन्द गर्न पनि भनिएको छ । धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूरा, ध्यान र प्रार्थना मात्र गर्न आदेश जारी गरिएको छ ।
सार्वजनिक स्थलमा माघ ७ देखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले मास्क र फेस सिल्ड लगाउनुपर्नेलगायतका निर्णय पनि प्रशासनले गरेको छ ।
यसैगरी सपिङ मलमा २५ जनाभन्दा बढी व्यक्तिलाई प्रवेश गर्न रोक, दुई मिटरको दूरी कायम, अनिवार्य मास्क लगाउनुपर्नेलगायतका निर्णय पनि भएको छ ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment